थारु कल्याणकारीणी सभा सुनसरी पदस्थापन कार्यक्रम सम्पन्न

रामधुनी / थारू कल्याणकारीणी सभा, सुनसरीको नब निर्वाचित पदाधिकारीको सपथ ग्रहन तथा पदस्थापन कार्यक्रम शुक्रबार झुम्कामा सम्पन्न भएको छ । सुनसरीका थाकस पुर्व अध्यक्ष पुनित लाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि थाकसका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र चौधरी र रामधुनि नगरपालिकाका प्रमुख जय प्रकाश चौधरीले नव निवार्चित पदाधिकारीलाई पदस्थापन तथा प्रमाण–पत्र वितरण गरेको छ ।

निर्वाचित भएको सम्पुर्ण पदाधिकारीलाई एक कार्यक्रम वीच पदस्थापन गरिएको निर्वाचन अधिकृत हरि नारायण चौधरी बताएका छन । नव निर्वाचितमा अध्यक्षमा सुरेन्द्र चौधरी ४५ मत ल्याइ बिजय भएको छ भने प्रतिद्धन्द्धीमा मनोज चौधरीले ३५ मत प्राप्त गरेका थिए । त्यसैगरी कार्य समितिको लागि सदस्य पदमा रामपरी चौधरी ,मोहि नारायण चौधरी , रुपेश चौधरी, देवानन्द चौधरी, बसन्त चौधरी, देबेन्द्र चौधरी ,तारादेबी चौधरी, जानकी चौधरी, विर नारायण चौधरी र इटहरीका देबेन्द्र चौधरी बिजय भएका छन ।

केन्द्रिय प्रतिनिधिमा पुनित लाल चौधरी, दयानन्द चौधरी , लतुराम माझी, गवन सिंह , प्ररशुराम चौधरी र देवकुमार चौधरी बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।
थारु कल्याणकारी सभाको ८ औ सुनसरी जिल्ला अधिवेशन विहीवार निर्वाचन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया