तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

तेह्रथुम / स्थानीय तह टे«ड युनीयन संयुक्त आन्दोलन परिचालन समितीले घोषणा गरेको आन्दोलन अन्तरगत आज तेह्रथुममा पनी आज कर्मचारीले कालोपट्टी बाँधी कलम बन्द गरेका छन । पुस १ गते जारी प्रेश बिगेप्तीमा घोषण भएका आन्दोलन अन्तरगत आज कर्मचारीहरुले कालोपट्टी बाँधी कलम बन्द गरेको स्थानीय तह कर्मचारी हकहित संरक्षण समिती छथर गाउँपालिका तेह्रथुम सचिब तुलसी तिगेलाले बताए ।

स्थानीय तह,जिल्ला समन्वय समिती,महानगरपालिका,उप महानगरपालिका,नगरपालिका र गाउँपालिकामा अबिछिन्न रुपमा कार्यरत अस्थाई करार ज्यालादारी सामाजिक परिचालकलाई सर्बाेच अदालतले गत २०७४ पुस २१ ग्ते फैसला आदेश कार्यन्वयनको ब्याबश्य हुने पर्ने ,कर्मचारी समायोजन अध्यादेश २०७५को दफा १५ मा ब्याबश्था हुनु पर्ने र स्थानीय सरकार ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायीत्वका साथै सेवा निरन्तरता लगायतका माग राख्दै गत मंसिर २८ गतेदेखी समितीले चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलन अन्तरगत आजबाट ९ गते सम्म कालोपट्टी बाँधी कलम बन्द गर्ने प्रेश बिगेप्तीमा जनाएको छ ।

बिगेप्तीमा स्थानीय तहकर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठ,नेपाल न.पा. कर्मचारी एसोसियनका अध्यक्ष हिम बहादुर पौडेल नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय तहका अध्यक्ष सुजिन्द्र महर्जन र स्थानीय तह कर्मचारी युनियन नेपालका कार्यबाहक अध्यक्ष नर बहादुर साउदद्धारा संयुक्त रुपमा प्रेश बिगेप्तीमा हस्ताक्षर गरीएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

खड्ग जोगीलाई नेपाल फर्काउन पहल सुरु

बाख्रापालनमा रमाउँदै लोकबहादुर

तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तपाईको प्रतिक्रिया