तेह्रथुममा जंगली च्याउ खाँदा एक जना सिकिस्त

तेह्रथुम / तेह्रथुममा जंगली च्याउ खाँदा एक जना सिकिस्त बिरामी भएकी छिन् । तेह्रथुमको म्याङलुङ गाउँपालिका-७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएकी हुन् ।

सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…