तीन लाख नगदसहित १० जना जुहाडे पक्राउ

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाट प्रहरीले तीन लाख नगदसहित १० जना जुहाडेलाई पक्राउ गरेको छ । एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार छापा मार्दा प्रहरीले नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबहादुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरका बिनोदकुमार चौधरी, दिपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख चन्द्रदेव राईले जानकारी दिए ।

नगद, एक सेट कौडा र २० बुक तास र एक थान गलैचा पनि पक्राउ गरिएको प्रहरी प्रमुख राईले जानकारी दिए । जुहाडेलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया