ताप्लेजुङ मिक्वाखोला डुबी महिला बेपत्ता

ताप्लेजुङ / ताप्लेजुङकाे मिक्वाखोला डुबी एक महिला बेपत्ता भएकी छिन । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका-१ बेसि गाँउ बस्ने ५५ बर्षिया सन्जमाया तामाङलाई खोलाले बगाउदा उनी बेपत्ता भएकी हुन् । शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका-३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…