ताप्लेजुङमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

ताप्लेजुङ / ताप्लेजुङमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिनका १९ बर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन् । खड्काले १६ बर्षीया एक बालिकालाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…