ताप्लेजुङमा गोरू काटेको आरोपमा २ जना पक्राउ

ताप्लेजुङ / ताप्लेजुङमा गोरू काटेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेकाे छ । ताप्लेजुङ फुङलिङ-९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोहि स्थानका ३८ बर्षीय अर्जुन गुरुङ र ४५ बर्षीय खेमराज गुरुङ रहेका छन् । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा हिजो बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…