ताप्लेजुङको फुङलिङ स्थित गाई गोठमा भेटिएका बेवारिसे शिशुले पाए संरक्षक

ताप्लेजुङ / गत शनिबार ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखु स्थित एक गाई गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई अस्थायी संरक्षकको जिम्मा लगाइएको छ । फुङलिङ नगरपालिका–८ का सन्तकुमार गुरुङ र देवीमाया गुरुङ दम्पतिलाई जिम्मा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकको निर्णय अनुसार गुरुङ दम्पतिलाई शिशु प्रदान गरिएको हो । विहिबार जिल्ला असपतालका प्रमुख डा.सचिव यादवले गुरुङ दम्पतिलाई बच्चा हस्तान्तरण गर्नुभएको थियो । शनिबार गोठबाट उद्धार गरि ति शिशुलाई जिल्ला अस्पतालको आकस्मिक उपाचर कक्षमा राखिएको थियो ।

संरक्षक बन्न निवेदन गरेका ६ जना मध्येबाट गुरुङ दम्पतिलाई उपयुक्त ठहर गरि बच्चा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभएको छ । यता शिशुको आमाको खोजी कार्य भने भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले बताउनुभयो । बेवारिसे बालकको अभिभावक बन्न चाहेमा मानसिक अवस्था ठिक भएको, नैतिक पतन देखिने फौजदारी कसूर नगरेको र आर्थिक हैसियत राम्रो भएको हुनु पर्ने कानुनी व्यवस्था छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…