ताप्लेजुङको एक बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा खुकुरी हानाहान


ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गए राती बिहेमा आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार भएकाे छ । खुकुरी प्रहार बाट पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हूँदा खुकुरी हानाहान भएकाे थियाे । स्थानीय युवा बिश्व सेङदान, सरोज सेङदान र मिखे तामाङ लगाएत ४/ ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका कर्ण बहादुर सुनुवार, पेम्बा शेर्पा र पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया