ढल्केबरमा १७ वर्षीय युवक झुण्डिएको अवस्थामा फेला

धनुषा / एक युवक झुण्डिएको अवस्थामा फेला परेको छन् । धनुषाको मिथिला नगरपालिका- ६ ढल्केबरस्थित एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हाे । मंगलबार बिहान ढल्केबरका १७ वर्षीय युवक विवेककुमार महतो आफ्नै बगैंचामा आँपको रुखमा झुण्डिएको अवस्था फेला परेका छन् ।

सोमबार राति देखि घरबाट बेपता भएका स्थानीय महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत महतो मंगलबार बिहान घरभन्दा करिब ५ सय मिटर पूर्व आफ्नै आँपको बगैंचामा झुण्डिको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उक्त घटना हत्या हो वा आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…