ठुलो परिणामको पटका सहित २ जना पक्राउ

सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका-५ खाद्य गोदाम छेउबाट ठुलो परिणामको पटका सहित २ जनालाइ पक्राउ गरिएकाे छ । कोशी गाउँपालिका-६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय राम देव यादवलाई प्रहरीले पक्राउ गरेको हाे ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…