ठगी गर्ने दुई भारतीय पक्राउ

माेरङ / माेरङकाे रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलयले ठगी गर्दे हिड्ने दुई भारतीय लाई पक्राउ गरेको छ । सुनर्वसि नगरपालिका १ केचना घर भएका रंजित राई काे दुई लाख रुपैयाँ ठगी गरेकाे उजुरी अाए पछी प्रहरी ले व्यापक रुपमा खाेजिकार्य गरेपछि उनिहरुलाई प्रहरीले केचना चाेक नजिकै बाट भारत जिल्ला अररिया शंकर पुर १० बस्ने बर्ष १९ का मुकेश कुमार यादव, र साेही स्थान बस्ने बर्ष ३६ का वारीस अालम लाई फागुन ९ गते प्रहरीले पक्राउ गरेकाे छ ।

उनिहरुले विभिन्न केमिकल काे प्रयोग गरि पैसा डवल गर्दिने भन्दै गाउँ का सर्वसाधारण हरुलाई ठगी गर्ने गरेका थिए । ठुलाे रकम भने भारतमा लगेर बनाईदिने भन्दै ठगी गर्ने गरेकाे प्रहरीले जनाएको छ ।प्रहरी उनिहरुकाे साथ बाट एक थान माेवाईल, मैनबत्ति, धागो , कैँची र विभिन्न किसिम का केमिकल १हजार, ५ सय १ सय रुपैयाँ काे नाेट समेत बरामद गरेको छ ।

उनिहरुले ५ सय रुपैयाँको १ हजार १ हजार काे दुई हजार रुपैयाँ बनाईदिने भन्दै सर्वसाधारण हरुलाई ठगी गर्दे हिड्ने गरेकाे प्रहरी काे अनुसन्धान मा खुलेको छ । दुई लाख रुपैयाँ ठगी गरेर भागेकाे र पुन ठगी गर्ने अाउने क्रममा पक्राउ गरेकाे र उनी हरुलाई ठगी मुलुकी एेन अन्तर्गत मुद्दा चलाईने प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले वताए

तपाईको प्रतिक्रिया

Loading…