ट्रिपरले सुन्दरहरैँचामा फेरी लियो एक जनाको ज्यान

बिराटचौक । मोरङको सुन्दरहरैचा १० मा कुलपुजा मनाउन केराबारी तर्फ जाँदै गरेका एक ब्यत्तिको ट्रिपरको ठक्कर वाट बिहिबार मृत्यु भएको छ ।
को १ ख ४३५५ नम्बरको ट्रिपरको ठक्कर वाट मे ५ प ५५०० नम्बरको मोटरसाइकल चालक केरावारी ९ देविझोडा बस्ने अन्दाजी ४८ वर्षका बम बहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।
केराबारीबाट खोर्साने तर्फ आउँदै गरेको ट्रिपरले विपरीत दिशामा रहेको सो मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका बस्नेतको विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले जानकारी दिएका छन । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…