ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

भोजपुर / भोजपुरमा ट्रयाक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएकाे छ । आमचौक-९ बोक्सेटारका १८ बर्षीय तेज बहादुर बस्नेतको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको हाे ।

शुक्रवार साझँ ०७ बजे आमचौक माजखानी स्थित भित्रीसडकमा दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना३ त ८७५१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक बस्नेतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…