ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

ताप्लेजुङ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भिर घाईते बनेकाछन् । सान्थाक्राको मैखुबाट गोलिया लिएर दोभान तर्फ आईरहेको मे १ त ४९८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सो ट्याक्टरका सह–चालक फुङलिङ नगरपालिका २ का वर्ष १७ का सुरेन्द्र तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनको घटनास्थलमा नै ज्यान गएको बताईएको छ ।

घाईते हुनेमा सान्थाक्राका वर्ष १६ का टाँसी शेर्पा रहेकाछन् । गम्भिर घाईते बनेका शेर्पाको उपाचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएको बताईएको छ । उनि ट्याक्टरमा सवार थिए ।

दिउँसो अन्दाजी ३ बजे सान्थाक्राकै ह्याम्फे भन्ने ठाउँमा सडक बाट झण्डै २ सय मिटर तल ट्याक्टर झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन भने चालक समेत फरार रहेकाले उनको पनि पहिचान हुन नसकेको बताईएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया