ट्याक्टरले किचेर एक जनाको मृत्यु, एक घाईते

ताप्लेजुङ / ताप्लेजुङमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएकाे छ । मैवाखोला गाउँपालिका-३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह-चालकको मृत्यु भएको हाे ।

बुधवार साँझ साँढे ५ बजे ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सह-चालक मैवाखोला गाउँपालिका-१ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टर चालक मेरिङदेन-४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको साथै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…