ट्यांकरको ठक्करबाट ईटहरीका शिक्षकको मृत्यु

विराटनगर । कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–१ गंगाचोकमा ट्यांकरको ठक्करबाट सोमबार बिहान एक शिक्षकको मृत्यु भएको छ ।
सिरहामा डिजेल पु¥याएर विराटनगर फर्कदै गरेको ना ४ ख १९०५ नम्बरको ट्यांकरले को २६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा शिक्षक समेत रहेका मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ घर भएका २९ वर्षीय सन्दीप पौडेलको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

अधिकारीका अनुसार विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मोटरसाइकलले अगाडि रहेको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आइरहेको ट्यांकरले ठक्कर दिएपछि दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि विराट टिचिङ अस्पताल पु¥याउन साथ पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी विराटनगरमा आईटी सम्बन्धी पढाई हुने हिमालय कलेजका शिक्षक हुन् । कलेजमा पढाएर इटहरीस्थित घरतर्फ फर्कदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्यांकर र चालक सिरहा अरनमा गाउँपालिका–१ का ३० वर्षीय तपेश्वकुमार महतो कोइरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…