झापामा हात्ती मृत फेला

झापा / झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार वनको बीचमा मृत हात्ती फेला परेपछि वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

खबर गरे लगत्तै वनका कर्मचारी, प्रहरी र पशु सेवा कार्यालय झापाका डाक्टर घटनास्थल पुगेका थिए । सो हात्ती २० दिनअघि नै मरेको हुनसक्ने प्रमुख घिमिरेको भनाइ छ । विसं २०६६ यता झापामा यसअघि नै १० वटा जङ्गली हात्ती मरिसकेका छन् । यो वर्षमात्रै यहाँ तीन हात्ती मरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…