झापामा माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

सुरुङ्गा, झापा/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ९८९९ नंको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख ५८८७ नंको माइक्रोबसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।

Loading…

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

१९ वर्ष अघी झापाकाे चारआली जंगलमा बलात्कार गरी रुखमा झुण्ड्याइएको अभियोगमा अमेरिका फरार रहेका गौतम नेपाल अउनसाथ परे पक्राउ

आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

संविधान दिवस मनाउन झापामा नेकपाको तयारी तीव्र

मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापामा अपराधको जालो : बिप्लका कार्यकर्ता पक्राउ परे पालै पालो

प्रमाणपत्रका भरमा आयुर्वेद क्लिनिक : कविराज र वैद्यले जाँच्छन् विरामी

आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…

Loading…