जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

तेह्रथुम / आर्थीक रुपमा कम्जोरीका कारण स्वास्थ्य जाँच गर्नबाट बञ्चित रहँदै आएका जेष्ठ नागरिहरुलाई घरैमा उपचारदेखी लौरो साथी उपहार छथर गाउँपालिकाले ल्याएको छ । उमेरले डाडाँ काट्दै गर्दा भौतिक रुपमा अशक्त हुँदै जाने नागरिकहरुलाई
सेवा दिने उदेश्यका साथ यस्तो कार्यक्रम अघी सारीएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

जेष्ठ नागरिकहरुलाई सम्मानित रुपमा बाँकी जिवन ब्यातित गराउँदै जिबिका पार्जनको कामलाई सुरक्षित गराउँदै सामाजिक सुरक्षाका सम्पुर्णका कामलाई अगाडी बढाउन चाहेको अध्यक्ष लिम्बु बताउँछन । गाउँपालिकाले घरैमा स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य सेवा दिँदै आएको र जेष्ठ नागरिक परिचय पत्र प्रदानको तयारी गरेको छ । सवारी साधानहरुमा छुट तथा गाउँपालिका अध्यक्ष तिर्थयात्राका ेआगमी प्रस्ताब अगाडी सारीएको अध्यक्ष लिम्बुले बताए । उनका अनुसार जेष्ठ नागरिक बस्ने आबासको रुपमा चौतारी निमार्ण भई रहेकोका साथै नियमित सम्मान अन्तरकृया भेटघाट लगायत कार्यक्रमहरु भई रहेको छ ।

राज्यले शारिरीक रुपमा अशत्त हुँदै गएका जेष्ठ नागरिकहरुको अबश्थालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भक्ता बढाउनु पर्ने जेष्ठ नागरिक याम कुमार बिश्वकर्माले बताए । छोराछोरीको भरमा बाँच्नुपर्दा आफुले चाहेको खान लाउन नपाउने हुने भएकाले भक्ता बढाए राहात मिल्ने बिश्वकर्माले बताए । गाउँपालिकाले ल्याएको कार्यक्रम स्वागत योग्य भएको जेष्ठ नागरिकहरुको भनाई छ । जीउनलाई कसैको शरण नै पर्नु पर्ने अबश्था हटाउनका लागी स्थानीय सरकार लाग्नु पर्ने जेष्ठ नागरिक धनश्याम ढकालले बताए । ११ सयको हराहारीमा रहेको जेष्ठ नागरिकहरुका निम्ती आर्थीक बर्ष ०७५÷७६ का लागी गाउँपालिकाले १५ लाख रकम बिनियोजन गरेको प्रबक्ता राजन नेपालीले बताए ।

गाउँपालिकाले बिनीयोजन गरेको रकमले यस आर्थीक बर्षमा जेष्ठ नागरिक स्वास्थ्य उपचार, साहायतका लागी लौरो उपहार,सम्मान तथा फर्निचर सहयोग कार्यक्रम रहेको गाउँपाकिालले जनाएको छ । गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेपछी दुर्गम गाउँका जेष्ठ नागरिकहरुले समेत सेवा लिन थालेको छन । स्वास्थ्यकेन्द्र पुग्न घण्टौ लाग्ने स्थानहरुमा स्वास्थ्यकर्मीको टोली पुगरे सेवा दिन थालेपछी उनीहरु पनी खुशी भएका छन । स्वास्थ्य जाँच सँगै सामान्य स्वास्थ्यमा समस्या रहेका नागरीकहरुलाई औषधी बितरण गर्ने गरीएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तपाईको प्रतिक्रिया

Loading…