जीप दुर्घटनामा दुईजनाको मृत्यु, १२ घाइतेको हेलिकप्टर मार्फत उद्धार

बाजुरा / बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ । जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट छिमेकी जिल्ला कालीकोटको जितेगडातर्फ जाँदै गरेको क १ ज २१ नंको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुर्घटनामा जीप चालक रमेश बोगटी र मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाहीको मृत्यु भएको छ । भने अन्य १२ जना घाइते भएका छन् । तीमध्ये टक्क ल्वार र अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनिहरूकाे नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका उनिहरूको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…