जिवनको उत्तरार्धमा श्रीमान् श्रीमति विच बोलचाल बन्द

उदयपुर / प्रायः जो कोही बुढाबुढीले पनि सोचेको हुँदैन कि जिवनको उत्तरार्धमा बुढाबुढी छुटिएर बसुम् । तर, उदयपुरको त्रियुगा नगरपालिका ११ का एक वृद्ध जोडी छुट्टाछुट्टै बसेका छन् । न उनीहरुको विच बोलचाल नै छ, न घर व्यवहारमा संगै बसेका छन् । जून १५ अर्थात “ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्ध विश्व चेतना दिवस”को दिन त्रियुगा नगरपालिका ११ गाईघाटको जेष्ठ नागरिक कल्याण समाजमा भेटिएका ८२ वर्षिय नर्वदा घिमिरेमाथि घटेका घटना हुन् ।

त्रियुगा नगरपालिका ११ का श्रीमति ८२ वर्षिय नर्मदा घिमिरे र श्रीमान ८७ वर्षिय देवी प्रसाद घिमिरे पारिवारिक झगडाले छुट्टाछुट्टै बस्दै आएका छन् । उनीहरुको जवानी हुँदा पनि श्रीमान् श्रीमति विच पनि खासै मेल हुन सकेन् भने बुढौलीमा झनै हुन सकेन् । उनीहरु विच अहिले सात वर्षदेखि बोलचाल छैन् । श्रीमतिले के खायो, के खाएन श्रीमानलाई कुनै मतलव नभएको नर्मदाले बताईन् । उनका अनुसार पहिले पहिले श्रीमानले बारम्बार कुट्ने गरेको, खुकुरी लिएर काँटन आउँने गरेको बताईन् । उनका अनुसार मलाई श्रीमान र साहिला छोरा टंकप्रसाद घिमिरेले हेला गरेको बताईन् । उनी रुदै भनिन् कसको मन हुँदैन र ? जिवनको उत्तरार्धमा श्रीमान श्रीमतिसंगै बस्ने । तर, साइला छोरा र श्रीमानले मलाई कुटपिट गरे, घरबाट लखेको बताईन् । श्रीमान, साइला छोरा संग सात वर्षदेखि कुनै बोलचाल नभएको बताईन् । उनी अहिले कान्छा छोरा पुष्पराज घिमिरेसंग बस्दै छिन् ।

उनका अनुसार मलाई जवानीमा पनि श्रीमानले हेला गर्ने, कुट्ने, पिटने गरेको थियो भने बुढौलीमा झनै गर्न थालेको बताईन् । उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै भेटिन्छ । यहाँ खान लगाउन नदिएका पनि भेटिन्छ तर, उनीहरुले सामाचार नबनाई दिनु बरु दुःख सुख बसुला भन्दै आएका छन् ।

विश्वका अन्य मुलुकमा जस्तै हाम्रै घर–परिवार, छर–छिमेक र समाजमा पनि ज्येष्ठ नागरिक माथि दुव्र्यवहार हुने गरेको छ । तर पीडित पक्षले नै त्यस्तो घटना बाहिर आउन दिदैनन् वा भन्दैनन् किनभने त्यसो गर्दा आफ्नो र आफ्नै परिवारको बेइज्जत होला भनेर डराउँछन् । परिवारको कुरा बाहिर भनेको थाहा पाए आफूमाथि हुने गरेको दुव्र्यवहार झन् बढ्ला भन्ने डर पनि हुन्छ । छिमेकी अथवा अरुले त्यस्तो घटना थाहा पाए “अर्काको पारिवारिक कुरा” भनेर देखेको पनि नदेखेको जस्तो गर्ने गरिन्छ ।

हाम्रो देशमा ज्येष्ठ नागरिकमाथि हुने शोषण र दुव्र्यवहारविरुद्ध कानुनी उपचारको कुनै भरपर्दो व्यवस्था छैन र जे छ त्यो पनि माथिका कारणहरूले गर्दा त्यस्ता कानुनी व्यवस्थाको कार्यान्वयन गर्न गाह्रो रहेको नागरिक अगुवा तथा मानव अधिकारकर्मी भरत खड्का बताउँछन् । उनका अनुसार यी कारणहरूले गर्दा समाजमा ज्येष्ठ नागरिकहरू अपहेलित र पीडित हुन बाध्य हुन्छन् । उनीहरूले न गुहार माग्न सक्छन् न त अरूले सहयोग गर्न सक्ने अवस्था नै छ । जीवनको उत्तरार्धमा बाध्य भएर आफूमाथि हुने दुव्र्यवहार चुपचाप सहनु, एक्लै टोलाउनु र एकान्तमा तप्प–तप्प आँसु झार्दै चाँडो मृत्युको कामना गर्नु धेरै ज्येष्ठ नागरिकको नियति नै बन्दैगएको छ र यो व्रmम बढ्दै छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…