जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना प्रक्राउ

धरान / जागिर लगाइदिने भन्दै अरुबाट पैसा ठगी गरेको आरोपर्मा एक जनालाई धरान प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा खोटाङ खलेसी तुवाचुङ घर भएका १५ बर्षीय सम्बर बहादुर राईलाई प्रहरीले प्रक्राउ गरेको हो ।

बिट्रिस गाेर्खा एरिया वेल्फेर सेन्टर जिरिखिम्ती तेह्रथुममा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका राईले धरान ५ खैरनीकी २७ बर्षीया खुसुमाया मग्रताीको श्रीमानलाई वेलफेयर सेन्टरको जागिर लगाइदिन्छु भन्दै १२ हजार ठगी गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनलाई ठगी गरी रकम लिदै गरेको अवस्थामा नगदसहित प्रक्राउ गरिएको बताउदै सुनसरी जिल्ला अदलतबाट ठगी मुद्दामा म्याद थप गरी कारबाहीको प्रक्रिया बढाइएको डिएसपी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

Loading…