छुट्टाछुट्ठै दुर्घटनामा दुईको मृत्यु 

विराटनगर / मोरङ र इलाममा आइतबार छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मोरङको सुनवर्षी नगरपालिकामा आइतबार अपरान्ह पानीमा डुबेर सुनवर्षी नगरपालिका ९ चन्द्रखाडी बस्ने फागुला शर्माका छोरा सुभाष शर्माको मृत्यु भएको छ ।

अपरान्ह १५:३० बजेतिर घर नजिकै खेल्नेक्रममा शर्माको पानी जमेको खाल्डोमा डुबेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। यता इलाममा आइतबार अपरान्ह मोटरसाइकल दुर्घटनामा परी माबु-२ बस्ने ४४ वर्षीय गणेश कुमार राईको मृत्यु भएको छ।

अपरान्ह २;३० बजेतिर झापाबाट इलामतर्फ जानेक्रममा मे ६ प ४२६४ नम्बरको मोटरसाइकल इलाम नगरपालिका १० गोदक स्थित मेची राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसे्दा गम्भीर घाइते भएका राईलाई उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड ल्याउनेक्रममा बाटैमा उनको मृत्यु भएको प्रहरी चौकी तिनघरेले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading…