चौठचन्द्र पर्वको रौनक, प्रसाद सामग्रीको मनपरी मुल्यले भक्तजन हैरान


सप्तरी, राजविराज / तराईमा निष्ठा पुर्वक मनाईने चौठचन्द्र पर्वको अन्तिम तयारीमा यहाँका श्रद्घालुहरु जुटेका छन् । यहाँ सोमबार चौठचन्द्र पर्व मनाईदै छ । घर बाहिर रहेका आफन्तजन सहित सामुहिक जमघटमा मनाईने यो पर्व तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा मनाईन्छ ।

यस अवसरमा ठाउँ ठाउँमा गणेश तथा अन्य देवी देउताका मुर्ती निर्माण गरी गणेश पुजनोत्सवको तयारी पनि गरिएको छ । भदौ शुक्ल चतुर्थीको साझ मनाईने चौठचन्द्र पुजा मिथला क्षेत्रमा मिथिला नरेश हेमागंद ठाकुरद्वारा प्रारम्भ भएको मानिन्छ ।

चन्द्रमा कंलकिंत भएको धार्मिक मान्यता अनुसार मिथलाबासी चौठीका दिन चौठचन्द्र पुजा गर्छन । खिर, पुरी, दही, मिठाई, फलफुल, नैवेध सहित चौठिकको साझ चन्द्रमालाई अर्धदिएर पुजा गरिन्छ । दिनभर उपबास बसेकी महिलाले अर्धदान गर्दछन् ।

परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ । चौठचन्द्रमा सम्पूर्ण परिवार एकै स्थानमा बसेर पुजा गरी प्रसाद खानेचलन रहेको र यसले मनोकान्छा पुर्व पुरा हुने जनविश्वास रहेको पंडित रुपकान्त मिश्रको भनाई छ ।

यता पर्वको पूर्व सध्यामा आईतबार स्थानिय बजारमा दुध देखि फलफुल सम्मको मनपरी मुल्य कायम गरेको भक्तालुहरुले गुनासो गरेका छन् । यसै समयमा तिज पर्व समेत परेकाले यी पर्वहरुमा उपयोग गरिने वस्तुहरुको मुल्य मनपरी कायम गरिएको उनीहरुले गुनासो गरेका छन् ।

स्थानिय बजारमा आईतबार दुधको मुल्यमा प्रति लिटर ५० रुपैया वृद्घि भएको छ । यस्तै केरा, नारिवल, काक्रो, कागती, मकै लगायत प्रसाद सामग्री तथा माटोका भाडाहरुमा समेत तिन गुनालो बढेको तथा नियन्त्रणका लागी सम्बन्धित निकायले कुनै चासो नदेखाएको भक्तालुहरुले गुनासो पोखेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…