चट्याङ लागेर पाचथरमा १ को मृत्यु, १ घाईते

पाचथरको / फाल्गुनन्द गाउँपालिका ३ पौवामा चट्याङले लागेर १ जनाको मृत्यु १ घाईते भएका छन । आफ्नो घर नजिकै रहेको काकाको घरमा बसीरहेका बर्ष १७ को भगेन्द्र तामाङ र निजकै भाई बर्ष ११ को मन कुमार तामाङलाई आज दिउँसो पौने ४ बजेको समयमा अचानक परेको चट्याङको झड्काले लागेर दुवैजना गम्भीर घाईते भएका थिए ।

घाईते दुबैजनालाई जिल्ला अस्पताल पाचँथर पुर्याउनासाथ भगेन्द्र तामाङलाई डाक्टरले मृत घोषणा गरेका थिए भने मन कुमार तामाङको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया