गोरु काटिरहेको अवस्थामा धरानबाट १० जना पक्राउ


सुनसरी / सुनसरीको धरानबाट गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरिएको छ । बिहान ६ बजे धरानकाे लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान-३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान-११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ-३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरीलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

प्रहरीकाे टोलीले ४ वटा गोरु काट्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको हो । उक्त स्थानबाट प्रहरीले गोरुको २ वटा टाउको बरामद गरेको छ भने पक्राउ परेका १० जनालाई नै इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…