गोधुली साँझसँगै यसरी अस्ताए बेलबारीका दुई नक्षत्र

बेलबारी । चाडपर्वको मुखमा दुई सामाजिक रुपमा अग्रणी ब्यत्तिहरुले सडक दुर्घटनामा ज्यान गुमाएपछि बेलबारी यतिबेला शोकमग्न बनेको छ भने उनीहरुको गृहनगर लक्ष्मीमार्गमा सन्नाटा नै छाएको छ । मोरङको बेलबारी ४ बेतना सिमसार क्षेत्रमा बिहिबार साँझ भएको सडक दुर्घटनामा बेलबारी ११ का दुई चम्किला नक्षत्रलाई बेलबारीले गुमाएको हो । पश्चिमबाट पुर्बतर्फ मोटरसाईकलमा जाँदै गरेका बेलबारी ११ लक्ष्मीमार्गका बर्णबहादुर राई र मनकुमार राई पुर्बबाट पश्चिमतर्फ आँउदै गरेको ना ५ ख १९२० नम्बरको ट्रकमा ठोक्किँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागी धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बेलुका ६.४५ बजे भएको दुर्घटनामा मोटरसाईकल पछाडी बसेका अन्दाजी ४५ बर्षिय बर्ण राईको घटनास्थलमै ज्यान गएको र चालक मनकुमारको उपचारका लागी धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बेलबारीका असई लिला श्रेष्ठले जानकारी दिएका छन ।

को हुन बर्ण र मनकुमार ?

बेलबारी ११ लक्ष्मीमार्गमा बिगत एक दशक भन्दा बढी समयदेखि हरेक सामाजिक क्रियाकलापमा दुवैजना सक्रिय थिए । भारतीय आर्मीबाट पेन्सन पकाएर फर्किएका दुबैजना अत्यन्तै मिलनसार साथीका रुपमा परिचित रहेका थिए ।

किरात राई यायोख्खा,आदिबासी जनजाति महासंघ लगायत बिभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका बर्ण मोरङको बेलबारी ११ मा रहेको मोरङ जानोदय ईङिलस स्कुलका संस्थापक समेत रहेका थिए । संघिय समाजवादी पार्टीबाट स्थानीय निर्बाचनमा चुनाव लडेका उनी सामाजिक क्रियाकलापमा अग्रणी भुमिका निर्बाह गर्दथे ।

बर्ण सँगै मनकुमार पनि हरेक सामाजिक क्रियाकलापमा सक्रिय थिए । उनी स्थानीय एक सहकारीमा समेत कार्यरत रहेका थिए । उनीहरुको निधनले बेलबारीलाई अपुरणीय क्षति भएको उनीहरुका निकट तथा सहकर्मीहरु बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया