गुन्डा नाइके लामा पक्राउ

काठमाडौं / गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन् । उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पत्रकार धम्क्याएको लगायतकाे अभियोगमा पक्राउ गरेकाे उनले बताए । लामा काभ्रेका स्थायी बासिन्दा हुन् । उनी जुवा अखडाहरूमा गएर धम्क्याउने र पैसा असुल्ने गरेको आरोप छ।

तपाईको प्रतिक्रिया

Loading…