गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुम /  घण्टौ लामो बाटो पैदल हिडेर यात्रा गर्दै आएका तेह्रथुमका गाउँ गाउँमा गाडी सञ्चालनमा आए सँगै नागरिकहरुलाई सहज बनेको छ । जिल्लाका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन सुरु भए सँगै यहाँका नागरिकहरुलाई सहजता बनेको हो । केही महिना अघी देखी आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारबाट सदरमुकाम म्याङलुङ हुँदै धरानसम्म सीधा बस सेवा सुरु भए सँगै जिल्लाको सबै स्थानीय तहमा बस सेवा सञ्चालनमा आएको हो ।

दुई नगरपालिका र चारवटा गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म सवारी सेवा सञ्चालन हुन थालेको हो । जिल्लाको मेन्छ्यायेम गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सीधै पूर्वी तराईसम्म बस सेवा सुरु भए सँगै यहाँका नागरिकहरुलाई सहज बनेको स्थानीयबासीहरुले बताउने गरेका छन ।

बस सञ्चालन सँगै जिल्लाका दुर्गम गाउँका नागरिहरुलाई यात्र गर्न सजिलो बनेको छ । उनीहरू जिरिखिम्ती बजार र सदरमुकाम म्याङलुङ आएर किनमेल गरी एकैदिन घर पुग्न सक्ने भएको  । स्थानीय भावन लिम्बुले बताईन । सवारी साधान नचल्दा पैदल यात्रा गर्दै आएका नागरिहरु गाउँमै बसबाट यात्रा गर्न पाउँदा ढंग छन । विकास र विस्तारका हिसाबले सबैभन्दा पछि रहेको यो गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा समेत अहिले चहलपहल बढेको छ ।

छथर गाउँपालिकाको हमरजुङ खैरेनदेखि सिधै झापा सम्म केहीदन अघी मात्र बससेवा सञ्चालनमा आएको छथर बस काउण्टरका उदयदिप सुब्बाले बताए । स्थानीय तहका केन्द्रसम्म पैदल हिड्दै आएका नागरिकहरु गाउँबाटै बस चढेर सेवा लिन थालेको फाक्चामारा हाक्पाराका मनु लिम्बुले बताईन । ६ स्थानीय तहमा ४३ वडा रहेको जिल्लामा अहिले सबै वडाका केन्द्रसम्म पनि सडक जोडिएको छ । गाउँ गाउँमा सडक निमार्ण सँगै जिल्लाका नागरिकहरुले बसबाटै सेवा लिन थालेका हुन गाउँमा किसानले उत्पादन गरेको कृषीजन्य सामाग्री बजार सम्म पुर्याउनका साथै दैनिक उपभोग्य सामाग्री ढुवानीमा समेत राहात मिलेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

खड्ग जोगीलाई नेपाल फर्काउन पहल सुरु

बाख्रापालनमा रमाउँदै लोकबहादुर

तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तपाईको प्रतिक्रिया