खोल्सीमा डुबेर महिलाको मृत्यु

माेरङ  / मोरङको पथरीशनिश्चरेमा खोल्सीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मोरङ पथरीशनिश्चरे नगरपालिका–२ स्थित ५५ वर्षीय तिलमाया लिम्बूको खोल्सीमा डुबेर शुक्रबार मृत्यु भएको हाे । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीका अनुसार बल्छी हानेर माछा मार्ने क्रममा चिप्लिएर खोल्सीमा खसेकी तिलमायालाई आफन्तले मृत अवस्थामा फेला पारेका हुन् । डुबेर मृत्यु भएको अवस्थामा महिलाको शव देखेपछि स्थानीय र आफन्तले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीका अनुसार मृत फेला परेकी महिला यस अघि पनि बल्छी हानेर माछा मार्ने काम गर्थिन् । घटनास्थलबाट तिलमायाले माछा मार्नका लागि लिएर गएको बल्छी फेला परेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…