खोलामा डुबेर युवकको मृत्यु

पाँचथर / पाँचथरको याङवरक र ताप्लेजुङको सिमा भएर बग्ने ईवा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउपालिका ५ सुभाङका कमल सुहाङको १६ वर्षीय छोरा युगल सुहाङको आज विहान खोलामा डुबरे मृत्यु भएको हो ।

विजयदशमिको अवसरमा याङवरक गाउपालिकाको च्याङथापुमा आयोजना भएको फुटबल खेल्न साथिहरुसँग गएका सुहाङको नजिकै रहेको खोलामा साथिहरुसँग पौडि खेल्न गएको वेलामा डुबेर मृत्यु भएको वताइएको छ । पौडि खेल्ने क्रममा खोलामा डुबेपछि साथिहरुले उद्धारको प्रयास गर्दागर्र्दै उनको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको प्रहरीले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया