खोटाङमा जंगलबाट गाउँ पस्यो डढेलो, ७ घर नष्ट, डढेलो नियन्त्रण बाहिर

खोटाङ  / खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो । भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताउनुभयो । सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ ।

डढेलोले अन्य घर समेत जोखिममा परेको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । डढेलो नियन्त्रणका लागी ऐसेलुर्खबाट नेपाली सेना तथा नेपाल प्रहरी, रावाबेरीको डुम्रे प्रहरीचौकी र खार्पा चौकीबाट प्रहरी टोली तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको छ । दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो चिण्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक राजकुमार केसीले भिषण डढेलोले घर जलेको भएपनि मानवीय क्षति नभएको बताउनुभयो ।

Purbeli TV

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

खोटाङमा गरिब परिचयपत्र वितरण

शिक्षक बिहिन खोटाङका तीन विद्यालय , भर्ना अभियान र पुस्तक वितरण प्रभावित

निमोनियाका कारण वडाध्यक्षको निधन

खोटाङका टुहुरा बालबालिकालाई प्रवासबाट सहयोग

सेवाग्राही झुक्याउँदै आइएएमई काउन्टर संचालक

तपाईको प्रतिक्रिया

Loading…