खेत जोत्ने ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यू

इटहरी / मोरङमा खेत जोत्ने ट्रयाक्टर पल्टिदा एक जनाकाे मृत्यु भएकाे छ । मोरङ धनपालथान गाउँपालिका-५ स्थित लखना रायको खेतमा जेतिरहेकाे को. २ त ६२१८ नम्बरको ट्याक्टर पल्टिदा च्यापिएर खेतालाको रूपमा आएको स्थानिय सजाद मिया मृत्यु भएकाे हाे ।

२२ बर्षिया मियाकाे स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । मृतककाे शव पाेस्मार्टमका लागि रंगेली अस्पताल पठाईएको छ । ट्याक्टर प्रहरी नियन्त्रणमा रहेकाे छ । ट्याक्टर चालक अमात प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…