खुकुरी देखाउदै पसल तोडफोड गर्ने गिरीको जाहेरी लिन मानेन् डिएसपीले

इटहरी । आफ्नै जमिनमा रहेको पसल तोडफोड गर्ने बिरुद्ध प्रहरीले उजुरी लिन नमानेको पाइएको छ । इटहरी २० स्थित तरहराका साबित्रा सिंहको नामको जमिनमा बर्षाेदेखि रहेको पसल तरहराकै दिलिप गिरी समुहले गुण्डागर्दी शैलीमा बुधबार तोडफोड गरेका थिए । ५ जनाको समुहमा आएका गिरी समुहले पसल तोडफोड गरेपछि तरहरा गोल्डेन चौक आतंकित बनेको थियो ।

गोल्डेन चौकको कितां नम्बर ४१२ र ३७३ को जमिनमा भाडा मार्फत संञ्चालन भएको होटलमा रड र खुकुरी लिएर आएका गिरीले अन्नाधुन्द तोडफोड गरेका थिए । १९ धुर जमिन ग्लोबल आईएमईको लिलामी मार्फत सकारेर खरिद गरेका साबित्रा सिंहले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिन जादा नलिएको उनका श्रीमान सञ्जिब कुमार सिंहले बताए ।

इन्द्र कुमार राई र गिता पुरीले सञ्चालन गरेको पसल तोडफोड हुदा ४ लाख बराबरको क्षति पुगेको बताइएको छ । संञ्जिब सिंहले बुधबार गिरी बिरुद्ध किटानी जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए । तर डिएसपी शिव कुमार श्रेष्ठले उजुरी लिन नमानेको उनले बताए । रड खुकुरी लिएर गुण्डाशैलीमा पसल तोडफोड हुदासम्म प्रहरीले उजुरी लिन नमान्दा आफुहरु असुरक्षित बनेको सिहले बताए । सिहले खरिद गरेको जमिनमा आफ्नो पनि जमिन भएको भन्दै गिरीले लामो समयदेखि विवाद गदै आएका थिए ।

तर पटक पटक नापीको टोलीले जमिन नाप्दा गिरीले दाबी गरेको जमिन नभेटिएको अबस्थामा गिरीले पसल तोडफोड गरेका हुन । तोडफोड गर्ने गिरी बिरुद्ध प्रहरीमा उजुरी लिन नमानेपछि जिल्ला अदालत सुनसरीमा जंग्गा धनिले निवेदन दिएका छन् । यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले जमिनको विवाद भएको कारण वडा कार्यालय वा न्यायिक समितिमा जान भनेर आफुले भनेको बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…