खाल्डोमा जमेको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिका-५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । आज दिनको १२:०० बजेको समयमा स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला परेका थिए । बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी टोली खटीगई थप अनुसन्धान भईरहेको छ भने कानूनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट समेत प्रहरी टोली खटीगई घटनाको सम्बन्धमा बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…