खड्ग जोगीलाई नेपाल फर्काउन पहल सुरु

तेह्रथुम / फेदाप गाउपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्क बहादुर जोगीलाई दुबई जेलबाट छुटाउनका लागी पहल थालिएको छ । हत्याको आरोपमा दुबईको आबुधाबी जेलमा बिगत ५ बर्षदेखी थुनिएका जोगीलाई नेपाल फर्काउनका लागी बिभिन्न क्षेत्रमा संकलन गरिएको सहयोग ब्लड मनि मंगलबार परराष्ट्र मन्त्रालयमा बुझाईएको छ । खड्ग जोगी बचाउ अभियान मार्फत संकलित रकम मध्येबाट ६१ लाख ९४ हजार परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीलाई बुझाईएको जोगी बचाउ अभियान मुल समिति अध्यक्ष दुर्गा प्रसाद गिरिले जानकारी दिनुभयो ।

समितीले आज मन्त्रालयमै पुगेर ब्लड मनि बुझाएको खड्ग जोगी बचाउ अभियानका अभियान्ता ईजराईयलमा कार्यरत देव बास्कोटाले टेलिफोन मार्फत जानकारी दिनुभयो । ब्लड मनि दुबईमा रहेको नेपाली दुतावासमा पठाई आवश्यक समन्वय गरेर जोगीलाई जेलबाट रिहा गरि नेपाल फर्काउन पहल सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । रोजगारीको शिलशिलामा दुबई पुगेका जोगीलाई हत्याको आरोपमा त्यहाको अदालतले ५ बर्ष कैद र २ हजार दिराम नेपाली ६० लाख बढि रुपैया जरिवाना सुनाएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

बसाईसरी आउने नागरिकले पाए इनाम

भुकम्प पिडीत अझै छाप्राकै बास

चरन अभाबले भेडापालन संटकमा

तेह्रथुम जिल्लामा नगरबस सञ्चालन

तपाईको प्रतिक्रिया

Loading…