क्रेनको ठक्करबाट मोरङमा बृद्धाको मृत्यु

मोरङ / मोरङको बुढीगंगा गाउँपालिका १ मा शुक्रबार अपरान्ह क्रेनको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तर्गत ईटहरीबाट बिराटनगर आउँदै गरेको को १ क २२४९ नम्बरको क्रेनले सोही गाउँपालिका बस्ने पैदलयात्री ७० बर्षिया रत्नकुमारी रेग्मिलाई अपरान्ह पौने ५ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाईते रेग्मीलाई उपचारकालागी कोशी अंचल अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने क्रेनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक तत्काल फरार रहेकाले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…