क्यान्सर पिडित घड्कनलाई कोरियाबाट सहयोग जुट्यो

पथरी / मोरङ पथरीशनिश्चरे ७ का १६ बर्षीय ब्लड क्यान्सर पीडित घड्कन राईलाई कोरियामा कार्यरत नेपालिहरुको सहयोग जुटेको छ । पथरीशनिश्चरे ४ कीर्तिपुर निवासी हाल वैदेशिक रोजगारको क्रममा कोरियामा रहेकी ल्युलन राईको नेतृत्वमा १ लाख १४ हजार रकम संकलन गरि बिहिबार पिडितकी आमालाई प्रदान गरिएको छ ।

ल्युलनकी आमा पूर्णकुमारी राईले घड्कनकी आमा पञ्चमाया राईलाई सहयोग रकम हस्तान्तरण गरेको हो । समाजसेवी ल्युलन राईले हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा कोरियामा एक कार्यक्रमको आयोजना गरि ४५ हजार र अन्य रोजगार गरि बस्ने राईहरुको नेपाली समुहले ६९ हजार सहयोग संकलन गरि सहयोग रकम जुटाएकी थिइन् । हाल पथरीशनिश्चरे ७ मा बसोबास गरिरहेका घड्कन राईको काठमाडौंमा उपचार भइरहेको छ । उपचारको क्रममा ३३ लाख खर्च भइसकेको र अझै २० लाख रकम आवश्यक परेकोले सहयोग गर्न घड्कनकी आमा पञ्चमायाले अनुरोध गरिन् ।

सहयोगले मात्र उपचारमा सम्भब नभएपछि पंचमायाले आफु बस्ने घर पनि विक्रीमा रहेको उनले पत्रकार सम्मेलन जानकारी दिइन् । धड्कनलाई बचाउन समुदायले तिहारमा देउशी भैलोको आयोजना गरि रकम संकलन कार्य समेत भैरहेको छ । स्वदेश र विदेशमा रहेका व्यक्ति तथा समूहगतरुपमा पीडित घड्कनको उपचारमा २० लाख सहयोग जुटिसकेको छ । सहयोग संकलन कार्यक्रम पनि जारी छ । एस ई ई दिएर पढ्न काठमाडौ गएका उनी ७ महिना अघि देखि उपचारत छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया