कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

इनरुवा । कोसी टप्पु वन्यजन्तु आरक्षमा गोलि हानी ५ वटा चौपाया मारिएको छ । आइतबार रातिको समयमा कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रका ३ वटा गाई र २ वटा गोरु गोलि लागी मृत अवस्था फेला परेको स्थानीयहरुले जानकारी गराएका छन् । बरहा नगरपालिका ११ मधुवनका स्थानीय अरशद अन्सारीका अनुसार ५ वटा गाई गोरुको गोलि लागी मरेको हो ।

बरहा नगरपालिका ११ मधुवन स्थित काफ्ले टोल अगाडिको जङ्गलमा ति चौपाया परेको अवस्थामा फेला परेको अन्सारीले बताए । चौपायाको गोलि लागी मरेको पोस्टमार्टम बाट समेत पुष्टि भएको अन्सारीको भनाइ थियो । पोस्टमार्टम पछि चौपाया लाई प्रहरी र नेपाली सेनाको उपस्तिथिमा खाल्डो खनेर गाडिएको अन्सारीले बताए ।

पटकपटक आरक्ष प्रशासनको लापरबाहीका कारण जंगली जनावरले अकालमा मृत्युवरण गर्ने क्रम बढेको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले गुनासो गरे । कोशी टप्पु वन्यजन्तु आरक्ष घुम्न जाने पर्यटकलाई आरक्ष प्रशासनले राजस्व दिदा समेत हात्तीको सयर गर्ने नदिने गरेको गुनासो आफू लाई आएको अध्यक्ष अन्सारीले बताए । सर्वसाधारण संगै जैविक बिबिधताको संरक्षणमा लापरबाही गर्नेलाई कार्वाही हुनुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

यता कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रामदेव चौधरीले ५ वटा चौपाया मरेको पुष्टि गरेका छन् । पछिल्लो केहि समय अर्ना, हात्ती र गाई गोरु मर्नु कारण पत्ता लगाउन आरक्ष प्रशासन लागी परेको भन्दै प्रमुख चौधरीले छानबिन गरी दोषी उपर कानुन बमोजिम कार्वाही गरिने प्रतिक्रिया दिए ।

Subscribe Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…