कार्यविधि नबन्दा खाँदबारीको एम्बुलेन्स थन्कियो


संखुवासभा / चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दा त्यसै थन्किएको छ। एम्बुलेन्स एक वर्ष अघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि कार्यविधि नै नभएको भन्दै थन्किएको छ । विरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई विग्रिने अवस्थामा पुगेको छ ।

नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आना(कानी गर्ने गरेको छ। गत साउन महिनामा चैनपुर नगरपालिका १० की गर्भवती कला राईको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन सकेन । कलाका आफन्तले चौतर्फी एम्बुलेन्सको खोजे तर नपाए पछि खाँदबारी नगरपालिकालाई खवर गर्दा कार्यविधि बनेको छैन भनने जवाफ पाए । हामीले चालक र भाडा दर तोकेपछि मात्र सेवा दिन सक्ने जवाफ पाएको राईले बताए ।

जिल्लामा निजी तथा सरकारी गरी आधा दर्जन एम्बुलेन्स संचालन भए पनि धेरै जसो विग्रिएर थन्किएका छन् । खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले कार्यविधि नबनाएका कारण एम्बुलेन्स सुचारु गर्न नसकिएको स्वीकार गरे । नगरप्रमुख खतिवडाले भने हामीले चाँडै कार्यविधि बनाएर सेवा सुचारु गर्ने बताए । हाल खाँदबारी नगरपालिकामा चार जना सवारी चालक कार्यरत छन् ।

खाँदबारी नगरपालिकामा सवारी साधनको मर्मत र इन्धनका नाममा लाखौँ रकम खर्च हुने गरेको स्रोतको भनाइ छ । जटिल प्रकृतिका विरामीलाई तत्कालै एम्बुलेन्स सेवा चाहियो भने यात्रु बोक्ने गाडीले साधनको प्रयोग गर्नु पर्ने बाध्यता छ। यात्रु बोक्ने गाडीले सेवा दिए पनि चर्को शुल्क अशुल्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…