कारागारका बालबालिकालाई पोसाक वितरण

उदयपुर / राष्ट्रिय बाल दिवसको अवसरमा कारागार भित्र आमासंगै हुर्किरहेका बालबालिकालाई पोषाक वितरण गरिएको छ । शुक्रबार नेस्पेक उदयपुरले ५३ औँ बाल दिवसको अवसरमा कारागारमा आमासंगै रहेका तीन बालबालिकालाई पोषाक वितरण गरेको हो । अभिभावकको कारण कारागारमा जीवन बिताउँदै आएका बालबालिकाको आर्थिक अबस्था दयनीय देखिएपछि लगाउने कपडा हस्तान्तरण गरिएको नेस्पेकका महासचिब अर्जुन पोखरेलले बताए । कारागार भित्र १६ र ११÷११ महिनाका बच्चा आमासँगै रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वविता राईको १६ महिनाकी छोरी र सञ्चमाया तामाङको ११÷११ महिनाका दुई छोरी छन् । आमासँग छुटाउने अबस्था नरहेपछि तीन वटै नावालकलाई कारागारमा राख्नु परेको जेलर सिताराम कार्कीले बताए । उनले भने, ‘नावालकको त दोष थिएन्, तर के गर्नु आमासँग छुटाएर अन्यत्र राख्ने विकल्प नभएकाकारण सँगै राख्न वाध्य भयौ ।’ बाल्यकालमै जेल जीवन विताउनु पर्ने भएकाले उनीहरुको अधिकारलाई समुचित व्यवस्था गर्नु पर्ने कार्यक्रममा सहभागि गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सृजना दनुवारले बताईन ।

उनले देशभर बालिका माथिको बलात्कार, हत्या जस्ता घटना बढदै गएकाले न्युनिकरणका लागि सबैको सार्थक सहभागिता र सहयोग रहनु पर्ने बताईन । त्यसैगरुी गैसस महासंघका ज्ल्लिा अध्यक्ष महेश्वरी राईले अधिकार भएर पनि परिस्थितिसँग मुकाविला गर्न सक्ने अबस्था नभएकाकारण बालबालिका जेल जीवन विताउन बाध्य भएको बताईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले कारगार भित्रको वसाई एउटा अनुभव र भोगाई भएकाले बाँकी जीवन सहज बनाउन उनीहरुलाई प्रोत्साहन दिनु पर्ने विचार व्यक्त गरे । जेल जीवन आफैमा कष्टपूर्ण भएपनि त्यसलाई भावनात्मकरुपमा परिवर्तन गराउन सक्दा उपलब्धिमुलक हुने बताए ।

सोही अवसरमा गैसस महासंघका केन्द्रिय उपाध्यक्ष दनुवार, जिल्ला अध्यक्ष राई र गैससकर्मी अजन्ता पौड्ेलले तीन वटै बच्चालाई तन्दुरुष्त राख्न दैनिक १ लिटरका दरले दुध खुवाउने व्यवस्था मिलाई दिने प्रतिवद्धता व्यक्त गरे । परिवारको आर्थिक अबश्था कमजोर देखिएकाले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी दुधको व्यवस्था गरिएको अध्यक्ष राईले बताईन् । नेस्पेक उदयपुरले सञ्चालन गरेको निःशल्क हटलाईन वाल हेल्पलाईन १०९८ को टोलीले पोसाक हस्तान्तरण गरेको हो ।

तत्कालीन श्री ५ बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको जन्म दिनको अवसर पारेर वि.सं. २०२२ सालदेखि वि.सं. २०६२ सालसम्म भदौ ४ गतेलाई राष्ट्रिय बाल दिवस मनाइने गरिएको थियो । तर, गणतन्त्रको स्थापनापश्चात् कसैको जन्मदिनका उपलक्ष्यमा नभई नेपालले राष्ट्रिय बाल दिवस, बालअधिकार सम्बन्धी महासन्धि, १९८९ लाई वि.सं. २०४७ साल भदौ २९ गते (तदनुसार १४ सेप्टेम्बर, १९९०) अनुमोदन गरेको दिनको सन्दर्भ पारेर नेपाल सरकारको निर्णयानुसार बालदिवस मनाउन थालिएको हो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने : मुख्य मन्त्री राई

नयाँ समितिमा पुरानै अनुहार, चार दर्जन याताायत मजदुर घर न घाट

उदयपुर यात्राको जात्रा, सिटामोल लिन चार घण्टा पैदल

उदयपुरमा बम फेला

कारागारका बालबालिकालाई पोसाक वितरण

उदयपुर जिल्ला अस्पतालमा माईक्रोवायोलोजी कल्चर सेवा शुरु

उदयपुरमा जंगली हात्तीले चार घर भत्कायो (तस्विरहरू सहित)

हात्तीको आक्रामणबाट एक अपांगको मृत्युु

बन्दको मारमा विरामी र सर्वसाधारण

लागू औषध सहित एक पक्राउ

तपाईको प्रतिक्रिया