कारबाहीको माग गर्दै जनकपुर अञ्चल अस्पतालमा प्रदर्शन


जनकपुर / जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. आनन्द झालाई कारबाहीको माग गर्दै जनकपुरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

गत आइतबार चिकित्सक डा. झा को लापरबाहीका कारण जनकपुरस्थित डेफोडिल्स पब्लिक स्कुलके कम्प्युटर शिक्षक कुन्दन झाको मृत्यु भएको भन्दै विद्यार्थीहरुले कारबाहीको माग गर्दै र्याली निकालेका हुन् ।

महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झा को गत आइतबार निधन भए पछि स्थानिय आक्रोशित भएका हुन् । समान्य जोरो आएको र पेट दुखेपछि शनिबार जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका कुन्दनको अस्पतालकै लापरवाहीका कारण ज्यान गएको परिवारले बताए ।

यता अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले भने हामी अनुसन्धान गर्दै छौ । यदि चिकित्सकको गलती भएको पाइयो भने उनलाइ कारवाही हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading…