कर्मचारी अभावका कारण बजेट कार्यन्वयनमा समस्या : कानून मन्त्री कार्की


उदयपुर / प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पहिलो प्राथमिकतामा कृषि, पर्यटन, जलश्रोत उर्जा र भौतिक पूर्वाधारलाई राखेर काम गरि राखेको बताए । मंगलबार प्रेस संगठन उदयपुरले नेपाल पत्रकार महासंघको कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मन्त्री कार्कीले यस्तो बताएका हुन ।

कुनै ईतिहास नभएको प्रदेश सरकार अनुभव गर्दै एक वर्ष बित्यो, कर्मचारी अभावकै कारण बजेट कार्यन्वयमा समस्या भएको बताएका छन् । मन्त्री कार्कीले प्रदेश १ सरकारले ल्याएका धेरै विकास निर्माणका योजनाहरु कर्मचारी अभावकै कारण कार्यान्वय चरणमा जान नसकेको दुखेसो गरे । हामी कर्मचारी माग्दै, तत्काल गर्नु पर्ने काम गरि रह्यो,’ उनले भने, प्रदेश सरकार नयाँ संरचना भएकाले जनताले चाहे अनुरुप काम गर्न सकेका छौंनौ ।

प्रदेश सरकारलाई दक्ष र अनुभवी कर्मचारी नदिदा काम गर्न समस्या भएको हो । पहिलो कार्यकाल भएका कारण अनुभवमै बित्यो, खासै उपलब्धी देखाउन सकिएन । हामीसँग कुनै पनि अनुभव पनि थिएन, सबै नयाँ संरचना बनाउँदै जानु पर्ने थियो, मन्त्री कार्कीले भने ।

प्रदेश सरकारले पहिलो प्राथमिकतामा कृषि, दोश्रो पर्यटन, तेश्रो जलश्रोत उर्जा र चौथो भौतिक पूर्वाधार बिकासलाई राखि योजना निर्माण हुदा गरेको मन्त्री कार्कीले जानकारी दिए । प्रदेश सरकारमा कर्मचारी अभावकै कारण बजेट कार्यान्वय कमजोर छ । आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले देखिने गरी काम गर्ने छ । प्रदेश सरकारको बजेट कार्यन्वयमा कमजोर भयो भन्ने कुरा उठि रहेको भन्दै मन्त्री कार्कीले पुन भने, ‘कर्मचारीको पुर्ण रुपमा अभावले समस्या देखिएको हो, हामीले सोचे अनुसार काम गर्न सकेनौं ।

फरक प्रशंगमा उदयपुर जिल्ला पुरानो बजार हो, यसलाई सुक्न नदिन प्रदेश सरकारको १५÷२० वटा कार्यालय आगामी आर्थिक वर्ष भित्रमा स्थापना गरि सक्ने उद्घोष गरे मन्त्री कार्कीले ।

त्यसैगरी प्रदेश एकको ४ वटा महत्वपूर्ण सामुदायिक क्याम्पसहरु मध्ये त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई प्रदेशकै बिश्व बिद्यालय निर्माण गर्न तयारी भई रहेको जानकारी दिए । सो क्याम्पसको कार्यक्रममा मंगलवार मन्त्री कार्की गाईघाट आएका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति उदयपुरले पत्रकार महासंघको कार्यलयमा मिडिया सेन्टर बनाउन माग पत्र बुझाएको थियो । ‘पत्रकार महासंघ उदयपुरमा मिडिया सेन्टर निर्माणको लागि आर्थिक सहयोग प्रदेश सरकारसँग मागिएको छ,’ पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले भने ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

तपाईको प्रतिक्रिया

Loading…