कर्णालीलाई जैविक प्रदेश बनाइने

सुर्खेत १५ फागुन / कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताउनुभयो ।

त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रापालन, गँड्यौलापालन, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, च्याउ खेती, माछापालनलगायत व्यवसाय सञ्चालन गर्दै आएको विद्यालयका प्रअ नारायणप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…