करेन्ट लागेर मृत्यु

तुलसीपुर / दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तोरन बनाउनका लागि बाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा चौधरीको मृत्यु भएको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया