करेन्ट लागेर एक जनाको मृत्यु

भरतपुर / भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ ।

भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…