औजार दैनिक अब रंगीन पत्रिकामा

धरान / अबको पत्रकारिता निष्पक्ष, सकारात्क सन्देश प्रवाह गर्ने, समाजका विकृति विसंगतिका विरुद्धमा आवाज उठाउने हुनुपर्ने धरानमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । औजार प्रकाशन प्रा.लि.ले प्रकाशन गर्दै आएको औजार दैनिको रंगीनकोे उद्घाटनका अवसरमा सहभागीहरुले सहभागीहरुले यस्तो बताएका हुन् ।

रंगीन पत्रिकाको उद्घाटन गर्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले अबको पत्रकारिता निष्पक्ष, सकारात्मक सन्देश र समाजका विकृति विसंगतिका विरुद्धमा हुनुपर्ने बताउनुभयो । उहाले सञ्चारमाध्यमका कारण नेपालमामात्र हैन विश्वमै धेरै परिवर्तन भएको बताउदै नेपालको पत्रकारितामा समेत नेपालका हरेक परिवर्तन, विकासका कामहरु सम्भव भएको बताउनुभयो ।

यस्तै अहिलेको वहुमतीय सरकारले सञ्चारमाध्यमलाई अंकुश लगाउदै गएको भन्ने समाचार बाहिर आइरहदा यता नीति निर्माणकर्ताहरु भने यस्तो नभएको बताउछन् । संघीय सांसद जयकुमार राईले वर्तमान अवस्थामा सामाजिक सञ्जाल, विभिन्न विद्युतीय माध्यम तथा छापा माध्यममै अनर्गल समाचार आउने गरेका कारण सरकारले सञ्चारक्षेत्रलाई अंकुश लगाउने भन्दा पनि व्यवस्थित गर्न खोजेको बताउनुभयो ।

प्रदेश नं. १ मा करिब २ हजार हाराहारीमा छापा, विद्युतीय, अनलाइन लगायतका सञ्चारमाध्यम रहेका छन् । तर मोफसलका सञ्चारमाध्यम सञ्चालनमा कठिनाई भएको नेपाल पत्रकार महासंघ एक नं. प्रदेशका अध्यक्ष विक्रम लुइटेलले बताउनुभयो । अब मिडियामा सरकारको एकरुपता हुनुपर्ने बताउदै समानुपातिक विज्ञापन लागू हुनुपर्नमा जोड दिनुभयो । उहाले निम्नत्तम पारिश्रमिकका कुरा जोडदारका साथ अगाडि आए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाले हरेक परिवर्तन र विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएकोले सरकार पनि अब मिडियामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

यातायात मजदुरहरुको प्रयासमा १४ बर्ष अगाडि सञ्चालनमा आएको औजार वैसाख १ गतेदेखि रंगीनमा गएको हो । औजार प्रकाशन प्रा.लिका अ्ध्यक्ष मोतिराज सुनुवारको अध्यक्षतामा भएका कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएका थियो ।

तपाईको प्रतिक्रिया