एक महिनामा १८ जना फरार प्रतिवादी पक्राउ

विराटनगर / मोरङको पथरीस्थित इलाका प्रहरी कार्यालयले एक महिनाको अवधिमा १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

अदालतबाट विभिन्न मितिमा दोषी ठहर भए पनि फरार रहेको पाइएपछि पक्राउ गरिएको डीएसपी दिलिप गिरीले बताए । उनकाअुनसार बहुविवाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धाका प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुलाई अदालतबाट कैद तथा जरीवानाको फैसला भएको थियो ।

फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने क्रमलाई तीव्र पारिएको गिरीको भनाइ छ । उनले फरार पक्राउ गर्न विशेष टोली नै परिचालन गरिएको बताए । उनले पुस महिना भरीमा १८ जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी दिए ।

Loading…

तपाईको प्रतिक्रिया