एक बर्षमा हिलोमुक्त र तीन बर्षमा धुलोमुक्त इटहरी

इटहरी / इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीलाई एक बर्षमा हिलोमुक्त र तीन बर्षमा धुलोमुक्त वनाउने प्रतिवद्धता जनाउनुभएको छ । इटहरी १८ नयाँ टोलमा सो क्षेत्रका स्थानीयवासीको वृहत भेलालाई सम्वोधन गर्दै उहाँले त्यसो भन्नुभएको हो ।रामधुनी र इटहरीको सिमानामा पर्ने झुम्का लगौना हुदै कुमरखोद सिरान सम्मको ७ किलोमिटर वाटो निर्माणका लागि पहल गर्न स्थानीय भेला भएका हुन ।भेलाले सो वाटोको ग्राभेल स्थानीयवासी आफैले गर्ने निर्णय गरेको छ ।

इटहरीका मेयर द्धारिकलाल चौधरीले प्रदेश र संघीय सांसदहरुसँग सांसद विकास कोषको रकमवाट पिचका लागि अनुरोध गरिने वताउनुभयो । त्यसो हुन नसके दुई नगरपालिका मिलेर पिच गरिने प्रतिवद्धता जनाउनुभयो ।सो वाटो पिच भए लाखौ जनता लाभान्वित हुने स्थानीयले वताएका छन । सो वाटोलाई पिच गरेर इटहरी परिक्रमा गर्ने गरि नगरवस समेत संचालन गर्न सकिने इटहरीका मेयर चौधरीले वताउनुभयो ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…